भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १९ भदौ । संविधान निर्माणको
प्रक्रिया केही समय लम्बाउनुपर्ने पक्षमा देखिनु भएका
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजय गच्छदार चार दलीय गठबन्धबाट रिसाउनुभएको
छ ।
अन्ततः गच्छदार संविधानको विधेयकमा संशोधनको
प्रक्रियामा सहभागी हुनु भएन । संसद सचिवालयमा
प्रमुख चार दलको बैठकबाट रिसाएर बहिरिनुभएका
गच्छदार राति नौ बजेसम्म आफ्नै संसदीय दलको
कार्यालयमा बस्नुभएको थियो । उहाँले पत्रकारहरूसँग
कुरा गर्न पनि मान्नुभएन ।
तपाई किन चार दलसँग संविधानको संशोधनको
प्रक्रियाबाट बाहिरिनुभयो ? भन्ने पत्रकारहरूको
जिज्ञासामा गच्छदारले भन्नुभयो, ‘रामजनमजीलाई
सोध्नुस् ।’
गच्छदारले अब सडक आन्दोलन गर्ने बताउनुभएको छ ।
त्यसका लागि आफ्ना सभासद र नेताहरूसँग शनिबार
राति नै छलफल समेत गर्नुभएको छ । उहाँले अन्य दलका
थारु सभासदहरूसँग छलफल गर्नुभएको छ ।
यसैबीच, फोरम लोकतान्त्रिकका नेता रामजनम
चौधरीले आफूहरू संविधानको संशोधनको
प्रक्रियाबाट बाहिरिएको बताउनुभएको छ ।
आफ्नै संसदीय दलको कार्यालयमा पत्रकारसँग कुरागर्दै
चौधरीले थारु र मधेशीका मागलाई सम्बोधन गर्न
तीन ठूला दल तयार नभएपछि प्रक्रियाबाट
बाहिरिएर आन्दोलनमा जाने निर्णय गरेको
बताउनुभयो ।
0 comments:
Post a Comment