भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडाैं । कट्टर कम्युनिष्ट राष्ट्र मानिने
उत्तर कोरियाले भक्तपुरमा रेष्टुरेन्ट खोल्न
प्रस्ताव गरेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ उत्तर
कोरियाको दक्षिण प्योङगान प्रान्तको
बाह्य मामिला निर्देशक किम जर ओको
नेतृत्वमा हालै नेपाल भ्रमणमा आएको तीन
सदस्यीय प्रतिनिधिमण्डलले भक्तपुर
नगरपालिकामा ंरेष्टुरेन्ट खोल्न प्रस्ताव गरेको
छ ।
भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत
उद्धवप्रसाद रिजालले टोलीले भक्तपुर नगरको
मुख्य स्थानमा यहाँकै मौलिक एवं परम्परागत
शेलीको भवन बनाएर त्यसमा रेष्टुरेन्ट संचालन गर्ने
प्रस्ताव गरेको जानकारी दिए ।
रिजालका अनुसार दुई देशबीच सांस्कृतिक
आदानप्रदान र कला संस्कृतिको संरक्षण गर्ने
ध्येयले उत्तर कोरियाले यस्तो प्रस्ताव गरेको
हो । कोरियाले बजेटको व्यवस्था गरेर ठाउँ
उपलब्ध गराउन कुनै समस्या नभएको रिजालले
बताए ।
तर, उत्तर कोरिया नेपालको दाता राष्ट्रको
सूचीमा छैन । ५० लाख अमेरिकी डलरभनदा कम
सहयोग स्वीकार गर्ने नेपाल सरकारको नीति
छैन । भक्तपुर भ्रमणको बेला प्रतिनिधि मण्डलले
नेपाल मजदुर किसान पार्टीक अध्यक्ष
नारायणमान बिजुक्छेसँगसमेत भेट गरेको थियो
।
0 comments:
Post a Comment