Home » » राष्ट्रपति विद्या भण्डारी कि सुवास नेम्वाङ?

राष्ट्रपति विद्या भण्डारी कि सुवास नेम्वाङ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सत्ता साझेदार प्रमुख दुई दल नेकपाएमाओवादी र एमालेले राष्ट्रपतिसत्ताधारी गठबन्धन सँगै राख्ने निर्णय गरेपछिमुलुकको दोस्रो राष्ट्रपति को बन्छ भन्ने चर्चा चल्नसुरु भएको छ।एमालेका एक नेताका अनुसार एमाओवादीले नैराष्ट्रपति एमालेले राख्न प्रस्ताव गरेको थियो।'हामीसँग राष्ट्रपतिको उम्मेद्वार पनि छैन रआन्तरिक समीकरण मिलाउन पनि हामीलाई सभामुखर उपराष्ट्रपति भए सहज हुन्छ,' एमाओवादीलाई उदृतगर्दै ती नेताले भने 'एमाओवादीले दाबी गरेको भएराष्ट्रपति उसैले पाउथ्यो, हक पनि उसैको लाग्थ्यो।'आफ्नो पार्टीले सभामुख पाएको भए सुवासनेम्वाङलाई नै फेरि पनि सो पदमा कायम राख्नेमाएमाले उच्च नेतृत्व एकमत थियो। राष्ट्रपति पदएमालेमा आएपछि कसलाई शितल निवास पठाउनेभन्नेमा भने शीर्ष नेतृत्व एकमत देखिएको छैन।झलनाथ खनाल आफैं राष्ट्रपति पदको दाबेदार छन्। तरउनी शितल निवास छिर्ने सम्भावना लगभगनरहेकोमा सेतोपाटीले कुरा गरेका सबै एमाले नेताएकमत देखिए। 'पार्टी भित्र उनको कमजोर उपस्थितिछ, प्रधामन्त्री केपी ओली र माधव नेपाल दुवै उनलाईराष्ट्रपति बनाउने पक्षमा छैनन,' एक नेताले भने,'अहिलेको समयमा दुई पहाडे पुरुष प्रधानमन्त्री रराष्ट्रपति बन्दा राम्रो सन्देश पनि जाँदैन।'अहिले नेम्वाङ र पार्टी उपसभापति विद्याभण्डारी नै राष्ट्रपति पदको बलियो दावेदार हुन्।नेपाल पक्षका केही नेता कार्यकर्ताले लालबाबुपण्डितको नाम लिए पनि राष्ट्रपति पदका लागिउनको 'स्ट्याचर' नपुग्नेमा स्वयम् नेपालको पनिविमति नरहेको उनी निकट एक नेताले बताए।नेम्वाङ र भण्डारी दुवै ओली निकट छन्। दुई बीचकसलाई राष्ट्रपति बनाउने भन्ने ओलीको छनौटमा भरपर्नेछ।भण्डारी आफैंले बलियो इच्छा देखाएको अवस्थामाओलीलाई नाइँ भन्न अप्ठ्यारो पर्ने एमाले नेताहरूबताउँछन्। मदन भण्डारीकी श्रीमती भएकोले पनि धेरैएमाले कार्यकर्ताको सहानुभूति विद्याप्रति छ।राष्ट्रपति को बनाउने भन्ने निर्णय ओली एक्लैले गर्नसक्दैनन्। यो निर्यण पार्टीले लिनु पर्नेहुन्छ।'पार्टीमा दुई जनाको नाम आएमा नेपाल पक्षलेसुवास नेम्वाङलाई समर्थन गर्ने सम्भावना छ,' तीनेताले भने, 'त्यसले ओलीलाई अप्ठ्यारो पार्न सक्छ।'नेम्वाङले दुवै संविधान सभामा सशक्त भूमिका खेलेकोर उनी जनजाति भएकोले पनि राष्ट्रपति बनाउनु पर्नेतर्क नेपाल पक्षले गर्नेछ। 'पहिलो राष्ट्रपति मधेसीभएपछि, दोस्रो राष्ट्रपति जनजाति हुँदा राम्रोदेखिन्छ' उनले भने।ओलीको मत भने अहिले नै विद्यातिर ढल्केको अनुमानगर्ने एमालेमा धेरै छन्। 'एमाओवादीले नै एमालेलेमहिलालाई राष्ट्रपति बनाए आफूहरूले पुरुषउपराष्ट्रपति बनाउन पाउने र त्यसले पार्टी भित्रकोआन्तरिक समीकरण मिलाउन सजिलो हुने बताएको छ,'ओली निकट एक नेताले भने।ती नेताले एमाओवादी अध्यक्ष प्रचण्ड स्वयंले पनिविद्या भण्डारीलाई राष्ट्रपति बनाउन सल्लाहदिएको दाबी गरे। 'विद्याजीलाई बनाउँदापहिलो महिला राष्ट्रपति बन्ने भएकोले राम्रोपनि देखिन्छ,' प्रचण्डलाई उद्धृत गर्दै उनले भने।विद्यालाई राष्ट्रपति बनाउने भए ओलीलेनेम्वाङलाई पहिलेनै कुरा गरेर मनाउनु पर्नेछ। एमालेमाजनजाति र मधेसीको अनुहार पार्टीको माथिल्लोनेतृत्वमा नदेखिएकोले पनि नेम्वाङलाई भूमिका दिएरपार्टीको काममा लगाउँदा त्यसले एमालेलाईराम्रो गर्ने तर्क ओली निकट नेताहरु गर्छन्। विद्याराष्ट्रपतिमा गए खाली उपाध्यक्ष पदमा नेम्वाङलाईकेन्द्रीय समितिले नियुक्त गर्न सक्ने पनि ओली निकटनेताहरुको भनाई छ।'स्थायी समितिमा पनि एउटा पद खालि नै छ,उहाँलाई पार्टीमा स्थापित गर्न सजिलो छ,' एकनेताले भने।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved