Home » » संसदमा १९ जना भारतीय नागरिकले जितेको रहस्य खुल्यो (सांसदको नामसहित)

संसदमा १९ जना भारतीय नागरिकले जितेको रहस्य खुल्यो (सांसदको नामसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


नाकाबन्दीमार्फत मोदीले नेपाललाई
फिजी र क्यानडा बनाउँन खोज्दै
काठमाडौं, ६ कात्तिक । संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाको
आन्दोलन र भारतीय पक्षको अघोषित
नाकाबन्दी तथा उनीहरूको
नागरिकतासम्बन्धी मागले आकास
छोइरहेका बेला क्यानडाको
आमनिर्वाचनको पछिल्लो नतिजाले
नेपाल र नेपालीहरूलाई झस्ल्याङ्ग
बनाएको छ ।
क्यानडामा जस्टिन ट्रडो नेतृत्वको लेबर
पार्टीले बहुमतका साथ संसदीय
निर्वाचनमा जित हासिल गरेको छ ।
जस्टिन एक दशकपछि आफ्नो पार्टीको
बहुमतमा प्रधानमन्त्री बन्दैछन् । उनी र
उनको पार्टीका जितमा त्यहाँ
बसोबास गर्ने भारतीय मुलका
नागरिकहरूको योगदान उल्लेख्य मानिएको छ ।
लेबर पार्टीले ३ सय ३८ सीटामध्ये १ सय ८४ सीटमा विजयी भएको छ । यो संख्या आफ्नो एकल सरकार बनाउनका लागि
प्रयाप्त हो ।
नेपालमा पनि भारतीय पक्ष तराई मधेसमा बसोबास गर्ने जनतालाई नागरिकता दिने विषय खुकुलो बनाउनु पर्ने तथा
तराईमा दुई वटा प्रदेश बनाउन नेपाली पक्षलाई दवाव दिइरहेको छ । यो दवाव र क्यानडाको संसदीय चुनावको
नतिजाले नेपालीहरूलाई सचेत रहन सन्देश दिएको छ ।
मधेसकेन्द्रित दलहरूले पनि आफ्नो मुल माग नागरिकता र सिमाङ्कन कै विषय उठाएका छन् । भारतले आफ्ना लुकोका
इच्छाहरूलाई अघोषित नाकाबन्दीमार्फत पूरा गराउन नेपाली पक्षलाई दवाव दिइरहेको छ ।
उता, क्यानडामा स्टीफन हार्परको नेतृत्वमा मैदान उत्रिएको कञ्जर्वेटिभ पार्टीको १० वर्षको शासन लेवर पार्टीको
जितसँगै अन्त्य भएको छ ।
क्यानाडको आमचुनावमा १९ जना भारतीय मुलका नागरिकले जित हासिल गरेका छन् । यो जितसँगै भारतमा
खुसीयाली छाएको छ ।
विभिन्न सहरमा आतिशवाजी गरेको समाचारमा जनाइएको छ । क्यानडामा आफ्ना १९ जना नागरिकले संसदीय चुनाव
जितेको भनेर भारतीय पक्ष भने मख्ख छ ।
लेवर पार्टीले भारतीय मुलका १५ जना नागरिकलाई उम्मेदवार बनाएको थियो । कञ्जर्वेटिभ पार्टीका तर्फबाट पनि
तीन भारतीयले जितेका छन् भने एक जनाले न्यू डेमोक्रेटिक पार्टीबाट चुनाव जितेको समाचारमा जनाइएको छ ।
तीन वटा पार्टीबाट विजयी भएका सबै सांसदलाई जोड्दा भारतीय मुलका क्यानेडिन नागरिकको संख्या १९ पुगेको
हो ।
जुनसुकै पार्टीबाट जित हासिल गरे पनि भारतीय मुलका सांसदहरूले भारतीय नागरिक र भारतको पक्षमा निर्णय गर्ने
प्रतिवद्धता जनाएका छन् । र मिलेर हिँडेका छन् ।
कजर्वेटिभ पार्टीका ६५ वर्षीय सांसद दीपक ओबरायले सातौँ पटक क्यानडामा चुनाव जिता हुन् । चुनाव जित्ने अन्य
उम्मेदवारमा दर्शन कंग, टिम उप्पल, राज ग्रेवाल, रमेश संघा, कमल खेरा, रूबी सहोता, सोनिया सिद्धू, नवदीप बैंस, गगन
सिकंद, राज सैनी, बर्दिश चाग्गर, बाब सरोया, यास्मीन रतनासी, चन्द्र आर्य, हरजीत सज्जन, सुख धालीवाल, जती
सिद्धू र जसवीर सिद्धू छन् ।
साढे ३ करोड जनसंख्या रहेको क्यानडामा भारतीय मुलका नागरिकको संख्या तीन प्रतिशत रहेको छ । अघिल्लो
संसदीय चुनावमा क्यानडामा आठ जनाले भारतीयले चुनाव जितेका थिए ।
– एजेन्सीको सहयोगमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved