Home » » ओडारमा लुकेर बसेका ‘मोस्ट वान्डेट’ पक्राउ

ओडारमा लुकेर बसेका ‘मोस्ट वान्डेट’ पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


ताप्लेजुङ, ५ कार्तिक ।
प्रहरीको सर्वाधिक खोजी सूचिमा
रहेका हाराहाङ लिम्बू भनिने देउकुमार
लावुङको समुहका एकजनालाई ताप्लेजुङ
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खेजेनिम गाविसका हर्क
लिम्बू रहेका छन् । उनलाई सान्थाक्रा
गाविसको जंगलको ओढारमा लुकी
रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको
हो । जिल्ला प्रहरी कार्यालय
ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी
शान्तिराज कोइरालाका अनुसार
पक्राउ परेका हर्क गत शुक्रवार प्रहरीले
हाराहाङको आश्रयस्थलमा गरेको
कारवाहीका क्रममा घाइते भई फरार
रहेका व्यक्ति हुन् ।
यसअघि गएको शुक्रवारको प्रहरी कारवाहीमा सान्थाक्रा गाविसकी ३३ बर्षिया मनकुमारी चोङवाङलाई ठूलो
परिमाणको हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले हतियारधारीहरुको समुह बनाई पूर्वी
नेपालका बिभिन्न जिल्लामा सशस्त्र गतिविधी गर्दै आएका हाराहाङ भनिने देउकुमार लाबुङ नेतृत्वको टोलीलाई
अपराधिक भन्दै सो समुहबिरुद्ध सक्रिय प्रहरी कारवाही तीव्र बनाएको छ । – नागरिकन्यूजबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved