भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, २६ असोज । नेकपा एमालेले उपाध्यक्ष
विद्या भण्डारीलाई राष्ट्रपति बनाउने कसरत
थालेको छ ।
सत्तासाझेदार एमाओवादीले सभामुख र उपराष्ट्रपति
लिने समझदारी भएकाले एमाले भित्रैबाटै नयाँ
राष्ट्रपतिको खोजी भएको हो । जननेता मदन
भण्डारीकी धर्मपत्नी समेत रहेकीले एमाले उपाध्यक्ष
विद्या भण्डारीलाई राष्ट्रपति बनाउन एमालेका
केही नेताहरुले पहल थालेका हुन् ।
नेपाली महिला आन्दोलनकी नेतृ समेत रहेकी भण्डारी
यसअघि रक्षा मन्त्री समेत भइसकेकी छिन् । भण्डारी
प्रथम महिला राष्ट्रपति हुने हुँदा त्यसको जनमानसमा
समेत राम्रो सन्देश जाने भन्दै एमाले नेताहरुले लबिङ
थालेका छन् । कतिपयले संविधानसभा अध्यक्ष सुवास
नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्ने लबिङ समेत गरेका
छन् । तर, मदन भण्डारी पत्नी तथा महिला समेत भएका
कारण विद्याको सम्भावना प्रबल बनेको छ ।
एमाओवादीबाट उपराष्ट्रपतिमा अमिक शेरचन,
ओनसरी घर्ती लगायत चर्चामा छन् । यसैगरी, फोरम
लोकतान्त्रिक र राप्रपा नेपालले पनि
उपराष्ट्रपतिमध्ये एउटा आफूलाई चाहिने भन्दै दाबी
गरिरहेको छ ।
एमाले र एमाओवादीका कतिपय नेताहरुले पुष्पकमल
दाहाल प्रचण्डलाई नै राष्ट्रपति बनाउन प्रस्ताव
गरेपनि उनी खासै इच्छुक नदेखिएको स्रोतले बतायो ।
0 comments:
Post a Comment