भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सबैभन्दा पहिले त वीर्य के हो भन्ने विषयमै
कुराकानी गरौं। पुरुषको यौन उत्तेजनालाई
निरन्तरता दिन सके यौन प्रतिक्रिया चक्रको
तेस्रो चरणमा चरमसुख पाउने हाराहारीमा
लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ
निस्कन्छ, जसलाई वीर्य भनिन्छ।
एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५
मिली भन्नाले १ चियाचम्चा जति) वीर्य
निस्कन्छ। यही वीर्यमै शुक्रकीटहरू हुन्छन्।
तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनितिर
दुईतिर वीर्य थैली हुन्छन्, त्यसको रस नै
वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने
पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा
(१३ देखि ३३ प्रतिशत) हुन्छ। अण्डकोष तथा
इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक
भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत
हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको
मात्रा त्योभन्दा पनि कम। वीर्यको रंग
सामान्यतः सेतो-सेतो हुने भए पनि हल्का
पहेँलो वा खरानी रंगको पनि हुनसक्छ।
यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको
हुन्छ। वीर्य स्खलन हुनासाथ यो केही बाक्लो
हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ।
रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी,
श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण
सुव्यस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन्।
अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य
थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा
रसका साथ बाहिर निस्कन्छ। शरीरभित्रको
वातावरणको तापक्रम यसमा सर्ने भएकाले
यसको तापक्रम पनि हाम्रो शरीरको जस्तै
हुन्छ।
वीर्य पातलो भनेको के होला ?
तपाईंले आफ्नो वीर्यलाई किन पातलो
भन्नुभएको, थाहा भएन। सामान्यतः वीर्य
स्खलन हुनासाथ यो केही वाक्लो हुन्छ र केही
बेरपछि नै पातलिने क्रम सुरु हुन्छ। व्यक्ति-
व्यक्तिअनुसार फरक-फरक हुने मात्र होइन, एउटै
व्यक्तिबाट पनि एकैनासको वीर्य निस्कँदैन।
वीर्यको बाक्लो पनमा विविधता आउने अनेक
कारण हुन्छन्। भोजनमा भएको परिवर्तन,
व्यायाम, कसरत वा शारिरीक श्रम वा
अण्डकोष वा यौनाङ्गमा पर्ने लुगा लगाउँदा
हुने कसिलोपन आदि त्यसका कारण हुन सक्छन्।
भर्खरै वीर्यस्खलन भएको छ भने पनि त्यसपछिको
वीर्यको बाक्लोपन फरक हुनसक्छ।
यसरी हल्का रूपमा वीर्यको बाक्लोपनमा हुने
परिवर्तन खासै गम्भीर प्रकृतिका हुँदैनन्, तर कुनै
किसिमको संक्रमण वा मूत्रनलीका अन्य
श्रावले पनि वीर्यको बाक्लोपनलाई परिवर्तन
गरिदिन सक्छ। पिसाब पोल्नु वा दुख्नु अनि
मूत्रनलीवाट श्राव आउनु अन्य रोगका लक्षण हुन
सक्छन्। तपाईंले त्यस्तो कुनै कुरा उल्लेख गर्नु
भएको छैन।
कतै सन्तान हुने पो हो कि ?
वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक
शुक्रकीट हुने भएकाले नै यसले निकै महत्व पाएको
हो। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने
बिजनका रूपमा कार्य गर्ने भएकाले यसले पाएको
महत्व जायजै लाग्छ। यो शक्ति आफैंमा ठूलो
तथा महत्वको छ। पूर्वीय समाजमा वीर्य खेर
फालिनु हुन्न भन्ने सिद्धान्त एकदमै प्रबल देखिन्छ
र तपाईंले भन्नुभएजस्तै यति थोपा रगतबाट बनेको
भन्ने कुराको चर्चा हुन्छ।
शुक्रकीटको उत्पादन मात्र होइन, हाम्रो
शरीरको कुनै पनि अङ्गको विकास वा
उत्पादनका लागि रगतको प्रवाह आवश्यक छ,
किनभने रगतको माध्यमबाटै आवश्यक कुरा उक्त
अंगसम्म पुग्छ, तर यसको अर्थ यो होइन कि
निश्चित रगतको खर्चमा केही बन्छ। पोषणका
दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक
सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २
हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र
एकपल्टको वीर्य स्खलनमा यस्तै १५
क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा
त्यसअघि-पछिका शारीरिक
क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने,
वीर्य स्खलनजस्ता कतिपय क्रिया-
प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च
हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन।
सन्तान हुने-नहुने कुरा शुक्रकीटमा भर पर्छ। यो
आवश्यक मात्रामा हुनुका साथै स्वस्थ (स्वरूप
तथा गतिशीलताको सन्दर्भमा) पनि हुनुपर्छ।
माथि नै भनियो एकपल्ट वीर्यस्खलन हुँदा यस्तै
३ देखि ५ मिलिलिटर वीर्य निस्कन्छ।
वीर्यमा हुने शुक्रकीटका संख्या सधैं एकैनासको
नहुन सक्छ तर यसको संख्या ४ देखि १२ करोड
प्रतिमिलिलिटरसम्म हुनुलाई सामान्य
मानिन्छ। हामीले देख्ने वीर्यको सानो
अंशमात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ।
शुक्रकीट निकै साना हुन्छन्।
प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले
यसको परिक्षण गरिन्छ। सामान्यभन्दा कम
संख्यामा शुक्रकीट हुनुलाई संख्या कम भएको
भन्न सकिए पनि चिकित्सकीय दृष्टिकोणले
शुक्रकीट कम भएको भन्न प्रतिमिली वीर्यमा २
करोडभन्दा कम शुक्रकीट हुनुपर्छ। अहिले त २
करोडसम्मलाई सामान्य भन्न थालिएको
पाइन्छ। तपाईको वीर्यमा कति शुक्रकीट छन्
भन्ने कुरा पत्रमा उल्लेख छैन। एकपल्ट वीर्य
परीक्षण गराउनुभए त्यसको पनि जानकारी
भैहाल्छ। पछि पनि समस्या देखिए यस
विषयमा थप चर्चा गर्नु मनासिब होला।
अहिले नै अनावश्यक पीर नलिनु भए हुन्छ।
के-कति कारणले शुक्रकीटको संख्यामा कमी
आउन सक्छ ?
शुक्रकीटको संख्यामा कमी हुनु वा यसको
गतिशीलता, स्वरूप इत्यादिमा प्रभाव पर्ने
अनेक कुरा हुन सक्छन्। भावनात्मक तनाव, यौन
क्रियाकलापमा भएका समस्या, लिङ्ग
उत्तेजनाका समस्या अनि कन्डममा भएका
रसायनले केही समयका लागि कम संख्यामा
शुक्रकीट भएको देखिन सक्छ। अण्डकोष
लामोसम्म तातो वातावरणमा भए शुक्रकीटको
उत्पादनमै कमी आउँछ।
त्यसैगरी कोकिन वा अन्य केही लागूपदार्थले
पनि शुक्रकीटको संख्या तथा गुणस्तरमा कमी
ल्याउँछ। धूमपान अर्को कारण हो। भिटामिन
सी, सेलेनियम, जिङ्क वा फोलेटजस्ता कुराको
कमी अर्को कारण हो भने लामो समयसम्म
निरन्तर साइकल हाँक्नु पनि। धेरै मोटो हुनुको
प्रभाव पनि यस्तै हुन्छ भन्ने कुरा केही अध्ययनले दे
खाएको छ। केही वंशाणुगत रोगले पनि त्यस्तो
हुनसक्छ। त्यसैगरी वातावरणीय प्रदूषण, lead,
cadmium वा arsenic को दीर्घकालीन
सम्पर्कले पनि उत्पादनमा नकारात्मक प्रभाव
हुनसक्छ। विकिरण (एक्स रे वा अन्य) ले पनि
शुक्रकीटको उत्पादनमा नकारात्मक असर पर्ने नै
भयो। अर्कातिर पर्याप्त मात्रा स्खलन नभए
पनि शुक्रकीटको पूर्ण संख्यामा कमी हुनसक्छ।
यौन मनोविज्ञान
म २९ वर्षीया महिला हुँ। मलाई मेरो
श्रीमानसँगको यौन सम्बन्धप्रति असाध्यै
सन्तुष्टि थियो। केही वर्षयता हाम्रो
सम्बन्धमा केही समस्या पैदा हुन थालेको छ।
मेरो श्रीमान् पहिलेको तुलनामा छिटो
स्खलित हुन थाल्नुभएको छ, जुन सययमा म पूर्ण
आनन्द महसुस गर्थें, त्यो समयअघि नै उहाँ स्खलित
हुन थालेपछि म असहाय महसुस गर्छु। खासमा
स्खलनका लागि आवश्यक न्यूनतम समयावधि
कति हो ? शीघ्र स्खलन किन हुन्छ र यसको केही
उपचार छ कि ?
यौनका लागि वातावरण र परिवेश मुख्य कुरा
हुन्। त्यसपछि यौनसम्पर्क सुरक्षित छ भन्ने अनुभव
हुनुपर्छ। मानिसहरूमा केही न केही त्रास, डर वा
शंका-उपशंकाहरू हुन्छन्। ती कारणले गर्दा यौन
सम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ।
यसलाई मानिसका व्यवहारजन्य समस्या
भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्बन्धित
छन्। उल्लेखित सबै कुरा उपलब्ध भए पनि दुई
जनाबीच यौनको सन्तुष्टिसँग सम्बन्धित केही
समस्या छन् भने तिनको विश्लेषण गरी आवश्यक
उपचार गर्नुपर्ने हुन्छ। तपाईंको श्रीमान्मा केही
कमजोरी प्रारम्भ भएको महसुस भैरहेको छ भने
त्यसको उपचार गर्नु आवश्यक छ।
यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि
स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको
समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था
आउँछ। सामान्य रूपमा भन्दा दुवैलाई यौन
सन्तुष्टिको चरम अवस्थामा पुग्दा खास
समस्या पनि आउँदैन, तर धेरैजसो पुरुषमा
जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्र
स्खलनको अवस्था आउँछ। त्यतिबेला भने
महिलालाई केही असन्तुष्टि महसुस हुनु
स्वाभाविक पनि हो।
यसका परम्परागत, मनोवैज्ञानिक एवं जैविक
कारणहरू छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको
चरम अवस्थामा पुग्नुअघिको समयावधि
औसतमा ३ देखि ७ मिनेट देखिएको छ, जुन
केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ।
यद्यपि चरम आनन्दको अवस्थामा नपुग्दै अथार् त्
अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले
यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई
शीघ्र स्खलनको अवस्था भनेर परिभाषित
गरिएको छ। शीघ्र स्खलनको व्यवहारजन्य एवं
मनोवैज्ञानिक कारणमा चाहिँ यौनका
बारेमा कम ज्ञान, यौन सम्पर्कका बेला
दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच
एवं विभिन्न किसिमका डर-त्रासजन्य
कुराहरू जिम्मेवार रहने गरेका छन्।
अर्को जैविक कारणचाहिँ यौनअंग बढी नै संवे
दनशील हुनु पनि हो। यो विस्तृत अध्ययन-
अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन।
अध्येताहरू यसमा नयाँ-नयाँ कुरा पत्ता लगाउन
लागिपरेका छन्। त्यस्तै टेस्टोस्टेरोन हार्मोन
बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले
देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा
यौ नांग उत्तेजित कम मात्रामा हुने कारणले
गर्दा पनि शीघ्र स्खलन हुने गरेको अध्ययनहरूले
देखाएका छन्। हाइपरथाइरोइडिज्म तथा शीघ्र
स्खलनको पनि सम्बन्ध हुन्छ।
हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत
मानिस शीघ्रस्खलनबाट पीडित हुने गरेको
अध्ययनहरूले देखाएका छन्। यसका लागि भने
चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
यौन आनन्दको अवस्था लम्ब्याउने वा शीघ्र
स्खलन रोक्ने केही विधि पनि छन्। जस्तो कि
शीघ्र स्खलन केही समय रोक्न केही क्षण सम्पर्क नै
रोक्नुपर्ने हुन्छ। यसलाई स्टप-स्टार्ट टेक्निक वा
थेरापी भनिन्छ। अर्को भनेको लिंग
उत्तेजनाका क्रम पनि केही क्षण रोक्ने वा
खुम्चिने गराउनु आवश्यक छ। बढी संवेदनशील
भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क
गरेर पनि शीघ्र स्खलनलाई केही समय रोक्न
सकिन्छ। यसबाट लिंगको स्खलित हुने
संवेदनशीलता कम हुन्छ। यही क्रमलाई
दोहोर्याइरहनुपर्छ। यसलाई एउटा सबैभन्दा
प्रभावकारी विधि मानिन्छ।
0 comments:
Post a Comment