Home » » मधेसी नेतालाई कार्यकर्ताको चेतावनी– ‘गद्दार’हरु अब मधेस आए खुट्टा काटिदिन्छौं

मधेसी नेतालाई कार्यकर्ताको चेतावनी– ‘गद्दार’हरु अब मधेस आए खुट्टा काटिदिन्छौं

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

महोत्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका
नेता प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि
स्थानीय नेता–कार्यकर्ता तथा समर्थक रुष्ट बनेका
छन्। दुई महिनादेखि आन्दोलनरत मोर्चाआबद दलका
सांसदले आइतबार प्रधानमन्त्रीको चुनावमा मतदान
गरेपछि स्थानीय तहमा आक्रोश बढेको हो। चिया
पसलदेखि सार्वजनिक स्थलमा अहिले यो बहसको
विषय बनेको छ।
‘आन्दोलनक्रममा महोत्तरीमा छ जनाले ज्यान गुमाए।
आज आएर नेताले उनीहरूको बलिदानलाई सत्तासँग
साटे, हामीलाई धोका भयो,’ स्थानीय युवा
रामेश्वर चौधरीले भने, ‘नेतृत्वको यो कदमले मधेसको
मुद्दा नै छायामा परेको छ।’
जलेश्वर-५ स्थित एक चिया पसलमा भेटिएका
मटिहानीस्थित याज्ञवलक्य संस्कृत क्याम्पसका
प्रध्यापक ध्रुव राय भन्छन्, ‘मधेस आन्दोलनको अगुवाइ
गर्नेले यसरी नागरिकको विश्वासलाई सत्तासँग
साट्नु आन्दोलनको मर्म र भावनाविपरीत हो।’
मधेसी मोर्चामा आबद्ध घटक दल तमलोपाका
जिल्ला अध्यक्ष अभिराम शर्माले आन्दोलन छाडेर
प्रधानमन्त्री निर्वाचनमा सामेल हुनु वैचारिक
विचलन भएको टिप्पणी गरे। यस्तो निर्णयले तमलोपा
महोत्तरीमा पनि तीव्र असन्तुष्टि बढेको अध्यक्ष
शर्माले जनाए। ‘कार्यकर्ता पंक्तिदेखि
सर्वसाधारणसम्म गलत सन्देश गएको छ,’ उनले थपे।
यसैगरी मधेसी मोर्चाको घटक दल संघीय समाजवादी
फोरम महोत्तरी अध्यक्ष रामनरेश रायले नागरिकमा
पार्टी र नेतृत्वप्रतिको विश्वास गुमेको बताए।
‘आन्दोलनमा सघाउँदै आएका नागरिकलाई
प्रधानमन्त्री चुनावमा सहभागी हुनुको कारणबारे
चित्तबु‰दो जवाफ दिनुपर्छ,’ उनले भने, ‘फेरि पनि
हामीमाथि विश्वासघात भएको छ।’ उनीसँगै
अधिकांश स्थानीय नेता तथा कार्यकर्ताले नेतृत्व
सत्ताको मोहमा फँसेको र आन्दोलनलाई नै ‘अलपत्र’
पारेको बुझाइ छ।
फोरम लोकतान्त्रिक महोत्तरी अध्यक्ष सुरेश साह
सोनारले जिल्लास्तरमा अध्यक्ष विजयकुमार गच्छदार
सरकारमा गएको कदमप्रति व्यापक असन्तुष्टि पैदा
भएको बताए। तर आठबुँदे सम्झौतामा मधेसका समस्या
समाधान गर्ने सहमति गरेर पार्टी अध्यक्ष सरकारमा
गएकाले तत्काल प्रतिक्रिया दिनु ठिक नहुने उनको
भनाइ थियो। मधेसका मुद्दा पार्टीभन्दा पनि
माथि भएकाले उनले नेतृत्वलाई सचेत गराइसकेको
जिकिर गरे।
यता स्थानीय नेता सुदीप झाले मधेसी मोर्चा
प्रधानमन्त्री चुनावमा सहभागी हुँदा सबैभन्दा बढी
असन्तुष्टि सद्भावना पार्टीका जिल्लास्तरीय
नेतामा बढेको र त्यसले पार्टीलाई नै ठूलो घाटा
पुर्यादएको बताए। ‘नागरिकमा मधेसी मोर्चाप्रति
व्याप्त असन्तुष्टि छ, यसबाट हामी मर्माहत भएका
छौं,’ नेता झाले भने। चाँडै मोर्चाको बैठक बसेर जारी
आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउने निर्णयमा
पुग्नेसमेत उनले बताए।
बजार खुल्न थाले
दुई महिनादेखि आक्रान्त बनेको सदरमुकाम जलेश्वरको
स्थिति विस्तारै सामान्य बन्न थालेको छ। दसैं
नजिकिएसँगै यहाँका बजारमा चलहपहल बढ्न थालेको
छ। जलेश्वर बजारका अधिकांश पसल खुल्न थालेका छन्
भने निजी विद्यालय पनि सञ्चालनमा आएका छन्।
किनमेल गर्नेको भीड बजारमा बढेको देखिन्छ।
जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको स्थानीयले
बताएका छन्।
महोत्तरीमा भदौ २३ मा चार र भदौ २५ मा
आन्दोलनकारीको कुटाइबाट सशस्त्र प्रहरीको मृत्यु
भएको थियो। त्यस्तै दुई सर्वसाधारणको प्रहरीको
गोली लागेर मृत्यु भएपछि सदरमुकाम जलेश्वर तनावग्रस्त
भएको थियो।
यातायात भने सञ्चालनमा आउन सकेको छैन। दुई
महिना लामो बन्दका कारण यातायात नचल्दा
अत्यावश्यक सामग्री आपूर्ति हुन नसकेको जलेश्वर
उद्योग वाणिज्य संघ अध्यक्ष कृपाशंकर साहले बताए।
त्यसैगरी जलेश्वरमा रहेका बैंक तथा वित्तीय संस्था
नखुल्दा सर्वसाधारण कष्टप्रद जीवन बाँच्न बाध्य छन्।
त्यस्ता वित्तीय संस्था नखुल्दा आर्थिक कारोबार
ठप्पजस्तै भएको छ। आर्थिक कारोबार ठप्प हुँदा आँगनमै
आइसकेका चाडपर्व कसरी मान्ने भन्ने चिन्ताले
सर्वसाधारण पिरोलेको छ। नागरिक दैनिकमा
समाचार छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved